वास्तु शास्त्र भनेको प्राचिन समयको भवन बनाउने शास्त्रिय दैविय एवं बैज्ञानिक विधि हो । वास्तुशास्त्र अनुसार बनाईएको घरमा सुख, शान्ति र समृद्धि निश्चित छ ।
–यदि नयां घर बनाउदै हुनुहुन्छ भने वास्तु अनुसार नयां भवन बनाउनु परेमा
–हाल बसिरहेको घर् वास्तु अनुसार भए नभएको थाहा पाउन र यदि हाल बसिरहेको घर वास्तु अनुसार नभएमा बिना तोडफोड उचित वास्तु उपचार गर्न परेमा
–साथै पसल, अफिस, होटल, रेष्टुरेण्ट, कारखाना, हस्पिटल, नर्सिङ होम आदि पनि वास्तु अनुसार डिजाईन गर्न परेमा हामीलाई सम्झनुहोस् ।
वास्तुशास्त्र एउटा यस्तो शास्त्र हो जसले घर कसरी बनाउने भन्ने कुरा सिकाउदछ । “कसरी बनाउने ” भन्नाले घरमा किचन, डाईनिङ, बेडरुम,सीढी , ढोका, गेट, पानी ट्यांकी, सेफ्टि ट्यांकी, बाथरूम आदि ईत्यादि कुन दिशामा राख्ने भन्ने कुरा सिकाउदछ ।
वास्तुशास्त्र सम्बन्धि भ्रम
बनिसकेको घर वा हाल बसिरहेको घरको वास्तु सहि छ कि छैन भनेर जांच गराउन मानिसहरु त्यति सजग नभएको पाईयो । यसको कारण बुझ्दा के थाहा हुन आयो भने, यदि वास्तु परामर्शदातालाई जांच गराएमा यदि घर वास्तुको नियम अनुसार भएन भने झन् टेन्सन हुने डरले वास्तु जांच गर्न अनिच्छुक देखियो । वास्तु अनुसार घर मिलाउनको लागि तोडफोड नै गर्नुपर्छ कि भन्ने भ्रमले गर्दा पनि यो समस्या आएको हो ।
नमिलेको वास्तु मिलाउने विभिन्न तरिकाहरु छन् ।
जस्तैः
• गलत दिशामा रहेको वाथरुम, ढोका ईत्यादि विभिन्न कलरले सन्तुलनमा ल्याउन सकिन्छ ।
• गलत दिशामा रहेको सामान सहि दिशामा सारेर पनि वास्तु मिलाउन सकिन्छ ।
• साथै विभिन्न अन्य उपायहरु पनि हुन्छन् जसबाट बिना तोडफोड घर वा कार्यालयको वास्तु मिलाउन सकिन्छ ।
घरको वास्तु खराब भएको कसरी थाहा पाउने त ?
यदि सधै विरामी भईरहेमा, भै-झगडा परिरहेमा, लगातार आर्थिक नोक्सानी भएमा, व्यापार व्यवसायमा घाटा परिरहेमा, दुर्घटना भईरहेमा, कानुनी झमेलामा फसेमा, पढाई कम्जोर भएमा, आम्दानीका नयाँ अवसर नै नआएमा, बिवाह र सन्तान प्राप्ति इत्यादिमा समस्या भएमा घरको वास्तु खराब भएको कारणले पनि हुनसक्दछ । साथै जिवनमा के गर्ने भन्ने द्विविधा भएमा पनि वास्तु खराब भएको हुनसक्दछ ।
यि माथिका कुनै पनि समस्याहरुबाट छुटकारा पाउन र जिवनमा उत्तरोत्तर प्रगतिको लागि वास्तु परामर्श लिई सुखी र खुशी जिवन जिउनुहोस् ।